राष्ट्रिय परिचयपत्र सम्बन्धी काम आंशिक रूपमा अवरुद्ध


काठमाडौँ ।राष्ट्रिय परिचयपत्र सम्बन्धीको सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको हो ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकोले सेवा आशिंक रूपमा अवरुद्ध भएको हो । मर्मत पूरा नभएसम्म केही सेवाहरु आंशिक रूपमा बन्द भएको सूचनामा उल्लेख छ ।

२०८२ श्रावण ५, सोमबार १५:२१ प्रकाशित
ट्रेन्डिङ समाचार