
काठमाडौंः तामाङ समुदायमा पनि थोकर थरका समाजमा विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्वहरु लगायत थोकर थर भएका दाजुभाइ जहाँ भएपनि सबै एउटै पूर्खाका सन्तती हौँ, भन्ने हेतुले थोकर वंशावली खोज अनुसन्धानलाई तीव्रता दिन थोकर दाजुभाइबीच भाइचाराका सम्बन्ध स्थापित गर्ने हेतुले शनिवार बौद्धस्थित तामाङ भवनमा २१ सदस्यीय कार्य समिति चययन गरिएको छ ।
उक्त भेलामा दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, महोत्तरी, सर्लाही लगायतका जिल्लावासी थोकर दाजुभाइ, दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलामा थोकर वंशावली निर्माण समितिको संयोजकमा डा. मुक्तसिंह थोकरलाई चयन गरेको छ भने कमल थोकरको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कार्य समिति गठन गर्दै पाँच वटा विषयगत उपसमितिहरु पनि गठन गरेको छ । समितिहरुमा वंशावली अध्ययन तथा इतिहास लेखन समिति, आर्थिक व्यवस्थापन समिति, थोकर कुलपूजा समिति, सल्लाहकार समिति र कानुनी सल्लाहकार समिति समेत तचयन गरिकको छ । आवश्यकताअनुसार थप उपसमिति विस्तार गरिने समितिले जनाएको छ ।
कार्यक्रममा कुमार थोकरले सबै क्षेत्रका थोकर समुदायका सदस्यहरुलाई ‘थोकर कुल समाज’ मा आबद्ध भई वंशावली निर्माण र संरक्षणको अभियानमा एकजुट हुन आग्रह गरे ।