सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त


काठमाडाैं। सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्।

सोमबार बिहान बसेको न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हाे।

सर्वोच्चका निवर्तमान मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण अवकाशमा गएपछि सो पद रिक्त थियो।

२०८२ श्रावण १२, सोमबार १४:२३ प्रकाशित
ट्रेन्डिङ समाचार