प्रदेश सरकारले ल्याएको नयाँ समायोजन ऐनको विरोध गर्दै स्वास्थ्यकर्मीहरुले आज सुदूरपश्चिमका स्वास्थ्य संस्था ठप्प पारेका हुन्।
ऐनले पाँच वर्ष सेवा अवधि पुगेका स्वास्थ्यकर्मीलाई मात्र एक पटकको लागि मात्र एक तह वृद्धि हुने व्यवस्था गरेको छ। त्यसप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका ८८ वटै स्थानीयतहमा कार्यरत स्वास्थ्यकर्मीले विरोध जनाएका छन्।
स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम प्रदेश सरकारले संघीय स्वास्थ्य सेवा अन्तर्गत कार्यरत चौथो, पाँचौँ, र छैटौँ तहका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा समायोजन गरिएको छ।
यो प्रावधान स्वास्थ्य सेवा ऐन २०५३ को भावना विपरीत रहेको र कर्मचारीको सेवा सुविधा वृद्धि तथा पेसागत विकासमा बाधक बन्ने भन्दै स्वास्थ्यकर्मीले विरोध गर्दै आएका छन्।
२०८२ श्रावण ४, आईतवार १३:५१ प्रकाशित


