मधेश प्रदेश तत्कालीन सचिव सिंहविरुद्ध भ्रष्टाचारविरुद्ध मुद्दा दायर


काठमाडौं । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध एक करोड बिगो दाबी माग गर्दै सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवम् कृषि ज्ञान केन्द्र धनुषा प्रमुख कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्क्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको प्रवक्ता घिमिरेलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशमा सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्क्षी तथा मत्स्य विकास कार्यक्रमके लागि वरिष्ठ कृषि अर्थविज्ञको संयोजकत्वमा गठन भएको प्रस्ताव छनोट समितिले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महोत्तरीबाट प्राप्त प्रस्तावहरूको सूची बनाउने गरी मिति २०७९/०९/०५ गते नै निर्णय भएको थियो ।

२०८१ पुष २२, सोमबार १५:५३ प्रकाशित
ट्रेन्डिङ समाचार