काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं ।
हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’
२०८१ कार्तिक २७, मंगलवार १६:०२ प्रकाशित


