प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको परिचय र कार्यक्षेत्र


परिचय
 नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा भीमसेन थापालाई मानिदै आएकोले यस कार्यालयको स्थापना र सञ्चालन वि. सं. १८६३ देखि भएको मानिने
 स्थापनाकालदेखि नै यो कार्यालय मुलुकी प्रशासनको सर्वोच्च निकाय (Apex Body) को रूपमा रहँदै आएको
 यो कार्यालयले एकातिर प्रधानमन्त्रीलाई सचिवालयको सेवा प्रदान गर्दै आएको छ भने अर्कातिर मन्त्रिपरिषद्को कार्यसम्पादनमा प्रशासनिक एवम् प्राविधिक सहयोग पुर्‍याउँदै आएको
 राजनीतिक र प्रशासनिक दुबै दृष्टिकोणले उच्च निर्णय लिने, निर्देशन दिने र समन्वय एवम् नियन्त्रण गर्ने कार्यालय भएको हुँदा यो मुलुकी प्रशासनको केन्द्रविन्दुको रुपमा रहेको
 सबै मन्त्रालयहरुको कार्यको रेखदेख, नियन्त्रण, निरीक्षण, परीक्षण, समन्वय, अनुगमन तथा मूल्यांकनसम्बन्धी कार्यहरू यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने
 बदलिंदो समय र परिवेशअनुरुप आफूलाई परिमार्जन र समाहित गर्दै मुलुकमा सुशासन कायम गरी राष्ट्रको समग्र आर्थिक एवम् सामाजिक विकासको गतिलाई तीव्रता दिन यस कार्यालयले नेतृत्वदायी र अग्रणी भूमिका निर्वाह गर्दै आएको
 वि.सं. २०२३ साल बैशाख २ गतेदेखि यो कार्यालय मन्त्रिपरिषद् सचिवालयको रूपमा स्थापित भएको
 २०५० साल असोज १ गतेदेखि प्रधानमन्त्री कार्यालयको रूपमा स्थापना भएको
 २०५४ साल पुस २८ गतेदेखि प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद् सचिवालय गरी दुई छुट्टाछुट्टै निकायहरू अस्तित्वमा रहेको
 प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निजी सचिवालयको रूपमा कार्यसम्पादन गर्दथ्यो भने मन्त्रिपरिषद् सचिवालयले मन्त्रिपरिषद्‌‌मा प्रस्ताव पेश गर्ने, मन्त्रिपरिषद्द्बारा भएका निर्णय तथा निर्देशनहरू सम्बन्धित मन्त्रालयमा कार्यान्वयनका लागि पठाउने तथा मन्त्रिपरिषद् र मन्त्रालयहरूबीच समन्वय गर्ने जस्ता कार्यहरू गर्ने गरेको
 यी दुई कार्यालयहरुको काम अन्तरसम्बन्धित भएको, एउटै प्रकृतिको काम पनि कहिले प्रधानमन्त्रीको कार्यालयबाट र कहिले मन्त्रिपरिषद् सचिवालयबाट हुँदा काममा दोहोरोपना देखिएको, प्रशासनिक खर्च पनि अनावश्यक रूपमा बढ्दै गएकाले २०६० साल असोज २ मा साबिकको प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई एकआपसमा गाभेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रूपमा एउटै संगठन बनाइएको
 ऐतिहासिक जनआन्दोलन २०६२ र २०६३ को सफलतापछि नेपाल सरकारको केन्द्रीय सचिवालयको रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका, उत्तरदायित्व र दैनिक प्रशासकीय जिम्मेवारीमा पनि थप दक्षता र प्रभावकारिताको आवश्यकता महसुस गरी २०६३ माघ १ गतेदेखि पुनःसंरचना गरी Desk Model अन्तर्गत सञ्चालन गरिएको
 यस कार्यालयको Desk Model अनुसारको संगठन संरचना अप़ेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेकोले यस संगठनलाई अझ बढी कार्यकुशल, सक्षम र प्रभावकारी तुल्याउन विद्यमान संगठन संरचना, कार्यविवरण र दरबन्दीलगायतका विषयमा अध्ययन गरी कार्यालयको कार्य प्रकृति र कार्यबोझ अनुरूपको उपयुक्त संगठनात्मक संरचना कायम गरिएको
 नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/१२/१४ को निर्णयानुसार यस कार्यालयको पछिल्लोपटक पुनःसंरचना गरिएको
 यस कार्यालयका एघार वटा महाशाखाहरु मार्फत कार्यसम्पादन गर्ने गरिएको
कार्यक्षेत्र
 मन्त्रिपरिषद् सम्बन्धी
 नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन
 नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्‍चालन
 नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन
 नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय
 नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
 प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत
 सङ्‌घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी
 मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय;
 शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार
 द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन
 सङ्‌घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य
 प्रधानमन्त्रीको सम्पर्क र सञ्‍चार
 प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन
 मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन
 भ्रष्टाचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन
 राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी
 संवैधानिक परिषद्
 सङ्‌घीय संसद्को अधिवेशन आह्‍वान र अन्त्य
 प्रदेश प्रमुखसम्बन्धी
 परराष्ट्र तथा सुरक्षा मामिला
 अख्तियार दुरुपयोग अनुसन्धान आयोग
 लोक सेवा आयोग
 राष्ट्रिय मानव अधिकार आयोग
 महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय
 राष्ट्रिय योजना आयोग
 राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
 लगानी बोर्ड
 राष्ट्रिय सतर्कता केन्द्र
 सार्वजनिक खरिद अनुगमन कार्यालय
 नेपाल ट्रष्टको कार्यालय
 गरिबी निवारण कोष
 राष्ट्रिय अनुसन्धान विभाग
 सम्पत्ति शुद्धीकरण विभाग
 राजस्व अनुसन्धान विभाग
 विषय विज्ञ समूह
 राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन
 प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड
 गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड
 भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनर्निर्माणसम्बन्धी निकायहरू र सोसम्बन्धी नीति, कानून र मापदण्ड
 विपद् व्यवस्थापनसम्बन्धी समन्वय
 प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्‍चालन
 अदालतको फैसला कार्यान्वयन तथा अनुगमन
 कार्यालयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय
 कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्‍चालन र नियमन
 सरकारी वकील समूहको सञ्चालन
 प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू
 अवशिष्ट अधिकारको प्रयोग ।
निष्कर्ष
प्रशासनिक क्षेत्रको सर्वोच्च निकायको रुपमा यस कार्यालयले सबै मन्त्रालयहरूका कामकारबाहीमा समन्वय कायम गर्ने, नीति निर्माण गर्ने र तिनको अनुगमन तथा मूल्यांकन गर्ने जस्ता अत्यन्त महत्वपूर्ण कार्यभारका साथ क्रियाशील रही नेपालको प्रशासनिक इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको देखिन्छ ।

२०८१ कार्तिक २७, मंगलवार ११:२५ प्रकाशित
ट्रेन्डिङ समाचार