– संसद्को नियमित कार्यमा अवरोध पुर्याउन अनधिकृत रूपमा उपस्थित हुने, भाग लिने, अनाधिकृत रूपमा संसद्मा बोल्ने, मतदान गर्ने लगायतका कार्य गरेमा संसद्को अवहेलना मानिने व्यवस्था छ ।
–यो संसदीय मूल्य मान्यता र पद्धति विपरीतको कार्य हो ।
–गैरसांसदले संसदीय प्रक्रियामा भाग लिने कार्य संसद्को अवहेलना हो ।
– प्रतिनिधिसभा नियमावली–२०७९ र राष्ट्रिय सभा नियमावली–२०७५ ले तथा वर्तमान संविधानले यस्तो कार्यलाई दण्डनीय मानेको छ।
–यस्ता गतिविधिले जननिर्वाचित संसद्को गरिमामा आँच पुर्याउने हुन्छ। यस्ता कार्य र गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न नसकिएमा यसले संसदीय सर्वोच्ताको धज्जी उडाउँछ।
–यस्ता कार्य र गतिविधि भएमा संसदको कुनै पनि सदस्यले सभाध्यक्षलाई जानकारी गराउनुपर्ने सदस्यको दायित्व हुन्छ ।
संसद्को अवहेलनामा हुने सजाय
– नसिहत दिने
– रू. १०,००० सम्म जरिवाना गर्ने
– सदनबाट बाहिर निकाल्ने
– एक महिनासम्म कैद गर्ने
संसद्को मर्यादा कायम राख्न गर्नुपर्ने उपाय
– संसद्लाई व्यवस्थित र मर्यादिन बनाउन निम्न कार्य गर्नुपर्दछ ः
– आचारसंहितको पूर्ण पालना गर्ने गराउने
– दण्ड सजायको प्रभावकारी कार्यान्वयन गर्ने
– उत्कृष्ट सांसद्लाई पुरष्कृत गर्ने
– प्रधानमन्त्री लगायतले संसद्लाई समय दिने
–अधिकार सम्पन्न आचरण अनुगमन समितिको व्यवस्था गर्ने
–संसदीय दलले आफ्ना सांसदको गतिविधिलाई मर्यादिन बनाउने
– उचित पूर्वतयारिका साथ संसद्मा प्रस्तुत हुन सदस्यलाई प्रोत्साहन गर्ने
निष्कर्ष
संसदीय काम–कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सदनको विशेषाधिकारको व्यवस्था गरिएको हुन्छ । जनप्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न जननिर्वाचित संस्थाको विशेषाधिकारको हनन दण्डनीय मानिन्छ ।


