अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र जारी गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न १५ अर्ब रुपैयाँ बराबरको १ वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको छ।

ऋणपत्रको बोलकबोल आज (असार २९) अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। ब्याजदर बोलकबोलबाट निर्धारण हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

यसमा राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन्। ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २९ गते हुनेछ।

२०८३ असार ३०, मंगलवार २०:०४ प्रकाशित
ट्रेन्डिङ समाचार