५ समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु


काठमाडौं । बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ। मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।

समितिका अनुसार दर्शन, सुमेरु, नेसनल नमोबुद्ध, लालीगुराँस र सिभिल सहकारीका १ हजार ७ सय ६६ साना बचतकर्तालाई सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्न थालिएको हो।

मुख्यमन्त्री बानियाँले बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै अनियमिततामा संलग्न सहकारी सञ्चालकलाई कानुनबमोजिम कारबाही गरिने बताउनुभयो। साथै, सहकारी क्षेत्रप्रति जनविश्वास पुनर्स्थापित गर्न सुशासन र पारदर्शितालाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो।

२०८३ असार ३०, मंगलवार १९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार