देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ  ।  उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। हाल कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।

यता, मधेससहित केही तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ जेष्ठ २५, सोमबार ०७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार