द ओरिएण्टल इन्स्योरेन्स दाबी भुक्तानी गर्न सक्षम, पुनर्बीमाबाट जोखिम न्यून


काठमाडौं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनीले जोखिम मूल्यांकन गरी आवश्यक पुनर्बीमाको व्यवस्था गरेको र कम्पनीको बचत तथा कोष उच्च अवस्थामा रहेको जनाएको छ ।

कम्पनीका अनुसार, विगतमा महाभूकम्प, बाढी तथा अन्य प्राकृतिक विपद्‌का कारण परेको दाबीहरू सक्षम रूपमा भुक्तानी गरिएको थियो । यसपटक पनि दाबीको अधिकतम हिस्सा पुनर्बीमकबाट भुक्तानी प्राप्त हुने भएकाले कम्पनीले सजिलै दाबी निपटान गर्न सक्ने स्पष्ट गरेको छ ।

कम्पनीले स्रोत उद्धृत गर्दै भनेको छ, “दाबी ठूलो देखिए पनि कम्पनीको खुद दायित्व न्यून हुने भएकाले वित्तीय विवरणमा कुनै नकारात्मक असर पर्ने छैन ।”

यसैबीच, हाल मुलुकमा देखिएको विषम परिस्थितिका कारण मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । साथै, कम्पनीले एक विज्ञप्ति जारी गर्दै अनलाइन सञ्चार माध्यमहरूमा आएका भ्रामक तथा अपुष्ट समाचारहरूको पछाडि नलाग्न आग्रह गरेको छ ।

२०८२ भाद्र २६, बिहीबार १९:२३ प्रकाशित
ट्रेन्डिङ समाचार