काठमाडौँ। बुधबार शेयर बजारमा पुनः गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९६ अंकले घटेर २,६२०.२७ विन्दुमा झरेको छ। यससँगै शेयर कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ।
मंगलबारको ९ अर्ब ६३ करोड रुपैयाँको तुलनामा बुधबार कारोबार रकम घटेर ८ अर्ब ७३ करोड रुपैयाँमा सीमित भयो, जसले बजारमा ९० करोड रुपैयाँको गिरावट देखायो।
यस दिन कुल ३१५ कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भएका थिए। तीमध्ये ६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १८३ कम्पनीको मूल्य घट्यो। एक कम्पनीको मूल्य स्थिर रह्यो।
मूल्य वृद्धिमा अगाडि ओम मेगाश्री, गिरावटमा गुराँस लघुवित्तओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर ५७८ रुपैयाँ ४० पैसामा पुगेको छ। पिपुल्स पावर कम्पनीको मूल्य ८.६४ प्रतिशतले वृद्धि भएर ५१८ रुपैयाँमा कायम भएको छ।
त्यसैगरी, गुराँस लघुवित्तको मूल्य ९.९८ प्रतिशतले घटेर २,६८० रुपैयाँ ५८ पैसामा पुगेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.७१ प्रतिशतले घटेर २,०८१ रुपैयाँ २ पैसामा झरेको छ।


