काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ घटेर १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन, शुक्रबार, छापावाल सुन प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस ३,३२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले घरेलु बजारमा समेत प्रभाव पार्ने देखिएको छ।
२०८२ बैशाख २८, आईतवार ११:१४ प्रकाशित


