पृष्ठभूमि
अभियुक्तले अनुसन्धान अधिकारी वा अदालतसमक्ष आफ्नो कुरा राख्ने कार्य वयान हो, वयानले अभियुक्तलाई आफु विरुद्ध लागेका प्रत्येक अभियोगको खण्डन गर्दै वचाउ गर्ने अवसर प्रदान गर्दछ ।
वादी वा प्रतिवादीका साक्षी एवं पीडितले अदालतको आदेश बमोजिम इजलाश समक्ष व्यक्त गरेको भनाइ नै बकपत्र हो ।
वयान गराउदा ध्यान दिनुपर्ने विषयहरु
अभियुक्तलाई लगाइएको अभियोग सुनाउनुपर्ने
संभावित कानूनी परिणाम र सजायको विषयमा जानकारी दिनुपर्ने
उजुरीवालाले पेश गरेका प्रमाण हेर्न दिनुपर्ने
अभियोग र संभावित सजाय सुनाइ सकेपछि अभियुक्तको वयान अभिलेख गर्नुपर्ने
कानून व्यवसायीसँग परामर्श लिन चाहेमा दिनुपर्ने
आफ्नै विरुद्ध वयान दिन कर नलाग्ने कुरा बताइदिनुपर्ने
वोलेको कुरा विरुद्धमा प्रमाण लाग्ने कुरा स्पष्ट पारिदिनुपर्ने
वयान लिदा कुनै कुरा छुट्न गएमा ततिम्बा बयान लिन सकिने
इन्कारी वयान दिएमा थप प्रमाण बुझ्नुपर्ने
भिडियो कन्फरेन्स मार्फत वयान लिएको भए अभिलेख राख्नुपर्ने
तीन पुस्ते विवरण खुलाउनुपर्ने
दोभाषेको व्यवस्था गरिदिनुपर्ने
जवाफ आफैँ लेख्न चाहेमा दिनुपर्ने
वयान लिदा प्रश्नोत्तर गरेर लिनुपर्ने
जवाफ नदिएमा सोही व्यहोरा जनाउनुपर्ने
हतोत्साहित गराउन नहुने
वोल्न असमर्थको हकमा लिखित वा इशाराको व्यहोरा लेख्नुपर्ने
तथ्यगत विषयहरु सोध्नुपर्ने
मुख्य विवाद सुनाइदिनुपर्ने
वयान र वकपत्रविचको भिन्नता
शंकित व्यक्ति वा अभियुक्तले कुनै वारदातमा आफ्नो संलग्नता भए वा नभएको वारेमा राख्ने भनाई वयान हो भने घटना देख्ने, सुन्ने, थाहा पाउने व्यक्तिले सो घटनाका बारेमा आफूलाई जानकारी भएको बारेमा अदालतमा राख्ने भनाई बकपत्र हो ।
वयान अनुसन्धान अधिकारी र अदालतमा गरी दुई पटक लिइन्छ भने वकपत्र मुद्दाको क्रममा अदालतमा मात्र लिइन्छ ।
वयान झुठो गरेमा सजाय हुदैन भने बकपत्र झुठो गरेमा सजाय हुनसक्दछ ।
वयानमा जिरहमा हुदैन भने वकपत्रमा जिरह हुन्छ ।
वयान अनुसन्धान अधिकृतले सरकारी वकिल समक्ष र न्यायाधीस समक्ष गर्दछन् भने बकपत्र अदालतमा न्यायाधिसको इजलाशमा मात्र गरिन्छ ।
निष्कर्ष
वयान लिदा अभियुक्तले सफाईको मौका पाउनुपर्ने, कानून व्यवसायीसँग परामर्श लिन पाउने, कानूनी प्रतिरक्षा गर्न पाउने, स्वच्छ सुनुवाई एवं मानव अधिकारका न्युनतम पक्षमा समेत ध्यान दिन जरुरी हुन्छ ।


