
साविकको मुलुकी ऐनलाई विस्थापित गरी जारी गरिएका देवानी तथा फौजदारी संहिताले अन्तराष्ट्रिय अभ्यास र सामाजिक अभ्यासलाई सम्बोधन गरेको अवस्था रहेको छ ।
कानूनको समयानुकूल परिमार्जन, एकीकरण र आधुनिकीकरण गर्न यी संहिताहरु जारी गरिएको हो ।
फौजदारी र देवानी मुद्दा विचको फरक
देवानी मुद्दा व्यक्तिको पद, लेनदेन, करार, सम्पत्ति जस्ता व्यवहारसँग सम्बन्धित छ भने फौजदारी मुद्दा समाजको शान्ति सुरक्षा अमनचयनसँग सम्बन्धित छ ।
देवानी कानूनको मुख्य उद्देश्य हक अधिकारको प्रचलन गराउनु हो भने फौजदारी कानूनको मुख्य उद्देश्य अपराधीलाई सजाय गरी अपराध हुनबाट रोक्नु हो
देवानी मुद्दामा सामान्यतया हक अधिकार हनन भएको पीडित पक्षले मुद्दा दायर गर्छ भने अधिकांश फौजदारी मुद्दा सरकारवादी हुन्छन् ।
सामान्यतया देवानी मुद्दामा कैद सजाय नभई क्षतिपुर्ति प्रश्न मुख्य हुन्छ भने फौजदारी मुद्दामा कैद सजाय हुन्छ ।
देवानी मुद्दामा नैतिक पतन हुँदैन भने खास प्रकृतिका गम्भीर प्रकृतिका फौजदारी मुद्दामा नैतिक पतन हुन्छ ।
देवानी मुद्दामा प्रतिवादीले प्रतिउत्तर गर्न पाउँछ भने फौजदारी मुदामा प्रतिवादीलाई वयान गराइन्छ ।
देवानी मुद्दामा पुर्पक्ष गर्न थुनामा राखिदैन भने फौजदारी मुद्दामा पुर्पक्ष गर्दा थुनामा राखिन्छ
देवानी मुद्दामा फिराद दर्ता शुल्क लाग्छ भने फौजदारी मुद्दामा जाहेरी दर्ता गर्दा शुल्क लाग्दैन्
मुलुकी अपराध संहिता, २०७४ का विशेषताहरु
कसूरको गम्भीरता बढाउने र घटाउने अवस्थाहरु निर्धारण गरिएको
सामुदायिक सेवादेखि आजीवन कैदसम्मको सजायको व्यवस्था भएको
जन्मकैदको गणना गर्दा २५ वर्ष गणना गरिने
अपराध पीडितले मुद्धाको कामकारबाहीको जानकारी पाउने
क्षतिपूर्ति तथा सामाजिक पुर्नस्थापना सहितको न्याय पाइने कुराको सुनिश्चितता गरिएको
सजायमा छुट दिन सकिने व्यवस्था गरिएको
नविनतम प्रकृतिका अपराधहरुलाई कसुर कायम गरिएको
षडयन्त्र, उद्योग, दुरुत्साहन गर्ने तथा मतियारलाई सजाय तोकिएको
बालबालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने प्रावधान राखिएको
मन्जुरीबिनाको विवाह, हाडनाता विवाह, बालविवाह, बहुविवाह बदर हुने
मुलुकी देवानी संहिता २०७४ का विशेषताहरु
हालसम्मकै लामो ऐनको रुपमा रहेको (६ भाग, ५२ परिच्छेद र ७२१ वटा दफा)
नागरिक अधिकारको उल्लंघनमा जिल्ला अदालतबाटै उपचार पाइने
असल छिमेकीपन कायम गर्नुपर्ने व्यवस्था राखिएको
आफ्नो दाहसंस्कारको विधि आफैँले निर्माण गर्न सकिने
मृत्युपछि आफ्नो शव, शरीरको अंग दान गर्न सकिने
झुठा उजुरी दिएमा क्षतिपूर्ति दिनुपर्ने
विवाह र विवाहपछिको थरको सम्बन्धमा नविनतम व्यवस्थाहरु राखिएको
सम्पत्ति कानूनमा नयाँ आयाम
करार ऐनका विषयवस्तुहरुलाई देवानी संहितामा उल्लेख गरिएको
मृत्यु भएको अनुमान र मृत्यको न्यायिक घोषणा सम्बन्धि व्यवस्था राखिएको
अंशसम्बन्धि नविनतम प्रावधान राखिएको
घरबहालमा दिदा सम्झौता गर्नुपर्ने व्यवस्था रहेको
निष्कर्ष
समाजलाई व्यवस्थित ढंगले सञ्चालन गर्न देवानी र फौजदारी दुवै कानुनको उत्तिकै आवश्यकता छ । हाल कार्यान्वयनमा रहेका अपराध तथा देवानी संहिता दुवैले सामाजिक आवश्यकता र भावनाको प्रतिनिधित्व गरेको देखिन्छ। कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकोले यसमा रहेका कमजोरीहरु सुधार गर्दै समाजलाई व्यवस्थित ढंगले सञ्चालन गर्न जरुरी रहेको छ ।