“न्यायमा पहुँच स्थापित गर्ने साधन”
न्यायमा सबैको पहुँच स्थापित गर्न कानूनी अधिकार हनन भएका असमर्थ पक्षलाई कुनै शुल्क नलिई गरिने कानूनी सहायतालाई नि:शुल्क कानूनी सहायता भनिन्छ ।
राज्यले अभिभावकीय भुमिका निर्वाह गर्दै सबै नागरिकलाई कानूनको समान संरक्षणको सिद्धान्तलाई व्यवहारिक रुपमा लागु गर्ने अवधारणा हो ।
निशुल्क कानूनी सहायताका सम्बन्धमा गरिएका विद्यमान व्यवस्थाहरु
कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित नगरिने (संविधानको धारा १८)
मौलिक हक अन्तर्गत न्याय सम्बन्धि हक (धारा २०) मा असमर्थ पक्षलाई कानून बमोजिम निशुल्क कानूनी सहायता पाउने हकको व्यवस्था रहेको
कानून व्यवसायीसँग कानूनी परामर्श लिन पाउने अधिकार (धारा २०)
कसैलाई पनि स्वच्छ सुनुवाई बाट वञ्चित नगरिने कानूनी व्यवस्था रहेको
संयुक्त राष्ट्रसंघले फौजदारी न्याय प्रणालीमा कानूनी सहायताको न्युनतम मापदण्ड सम्बन्धी मार्गदर्शक सिद्धान्त स्थापित गरेको
हरेक अदालतमा वैतनिक वकिलको व्यवस्था रहेको
एकीकृत कानूनी सहायता नीति, २०७६ जारी गरिएको
कानूनी सहायता सम्बन्धि ऐन, २०५४ र नियमावली २०५५ कार्यान्वयनमा रहेको
नेपाल वार एशोसिएसनले प्रो बोनो (न्युन आर्थिक अवस्था भएका सेवाग्राहीको लागि कुनै शुल्क नलिई गरिने काम) सेवा प्रारम्भ गरेको
विभिन्न मानव अधिकारवादी संघ संस्थाले पनि निशुल्क कानूनी सहायताको कार्यक्रम सञ्चालन गर्ने गरेको
निशुल्क कानूनी सहायताको महत्व
न्यायमा पहुँच स्थापित गर्न
स्वच्छ सुनुवाईको सिद्धान्तलाई मुर्त रुप दिन
पिडितलाई राज्यप्रति अपनत्वको भावना विकास गराउन
मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुर्याउन
लोककल्याणकारी राज्यको अवधारणा अनुरुप राज्य सञ्चालन गर्न
प्राकृतिक न्यायिक सिद्धान्त अनुरुप न्याय प्रदान गर्न
मुद्धामा पक्षको प्रतिनिधित्व सुनिश्चित गर्न
स्वतन्त्र र निष्पक्ष ढंगले न्याय सम्पादन गर्न
कानूनी सहायता उपलब्ध नगराइने अवस्था
कानूनी सहायता सम्बन्धी नियमावली, २०५५ को नियम ६ अनुसार देहायका मुद्दाका अभियुक्त पक्षलाई कानूनी सहायता उपलब्ध नगराइने कानूनी व्यवस्था रहेको छ :-
मानव वेचविखन
प्राचिन स्मारक संरक्षण
राजश्व चुहावट
लागु औषध
राजश्व चुहावट
जवर्जस्ती करणी
निष्कर्ष
निशुल्क कानूनी सहायता आधुनिक लोकतन्त्रको आधारस्तम्भ हो । प्रचलित कानूनले वार्षिक ४० हजार भन्दा कम आय भएका, लैंगिक हिंसा तथा सशस्त्र द्वन्द्वबाट पीडित व्यक्तिलाई असमर्थ पक्षको रुपमा परिभाषित गरी निशुल्क कानूनी सहायताको अवसर प्रदान गरेको छ । आम नागरिकले यो जनमुखी व्यवस्थाको विषयमा जानकारी पाउन नसक्दा यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसेकेकोले असमर्थ पक्षको पुहँच स्थापित गर्न सचेतनामलुक कार्यक्रम सञ्चालन गरिन जरुरी रहेको छ ।


