
१. विपदको व्यवस्थापनको के महत्व रहेको छ ? विपद व्यवस्थापन सम्बन्धी विद्यमान व्यवस्था एवं विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएका प्रयासहरुको चर्चा गर्दै विपद व्यवस्थापनमा विभिन्न निकायको भूमिकाबारे प्रकाश पार्नुहोस् ।
परिचय
प्रभावित समाज वा समुदायले आफ्नै स्रोत साधन र सामार्थ्यको प्रयोग गरी धान्न नसक्ने गरी भएको व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवं असरहरु जसका कारण समुदायको सामान्य जीवन पद्धति गम्भीर रुपमा अबरुद्ध भएको अवस्था नै विपद हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन‚ २०७४ ले विपदलाई कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकुल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक विपदको रुपमा परिभाषित गरेको छ ।
विपद् जोखिम न्युनिकरण‚ विपद् प्रतिकार्य एवं विपद् पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापलाई विपद व्यवस्थापन भनिन्छ ।
विपद व्यवस्थापनको महत्व
आवश्यक नीति, कानून, रणनीति, कार्यनीति एवं कार्ययोजना निर्माण गर्न
विपदको विश्लेषण गरी जोखिमको पुर्वानुमान गर्न
पुर्वतयारी गर्न
स्रोत साधनको व्यवस्थापन गर्न
खोज, उद्धार तथा राहत कार्यलाई निष्पक्ष बनाउन
मानवीय, भौतिक तथा आर्थिक क्षति न्युनिकरण गर्न
विपद प्रतिरोधी क्षमताको विकास गर्न
विपद व्यवस्थापनलाई प्रभावकारी, वैज्ञानिक र व्यवस्थित तुल्याउन
विपद व्यवस्थापन सम्बन्धी विद्यमान व्यवस्थाहरु
(क) संवैधानिक व्यवस्था
मौलिक हक र कर्तव्य
• सम्मानपुर्वक बाँच्न पाउने हक
• खाद्य सम्बन्धी हक
• धारा ३० : प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने
• धारा ३७ : प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने
राज्यका निर्देशक सिद्धान्तहरू
• नागरिकको जीउ धन र समानताको संरक्षण गर्ने
• मानवअधिकार र सामाजिक न्यायको माध्यमद्वारा लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने
प्राकृतिक र स्रोत साधनको संरक्षण संवर्द्धन र उपयोग सम्बन्धी नीति
• संघ र प्रदेशको साझा अधिकार सूची अन्तर्गत प्राकृतिक तथा गैरप्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभको विषय समावेश भएको (अनुसूची ७)
• स्थानीय तहको विशिष्ट अधिकार सूची अन्तर्गत विपद व्यवस्थापनलाई समावेश गरिएको (अनुसूची ८)
• संघ, प्रदेश र स्थानीयको साझा अधिकार सूची अन्तर्गत विपद व्यवस्थापनलाई समावेश गरिएको (अनुसूची ९)
अनुसूचीमा भएको व्यवस्था
(ख) नीतिगत तथा कानूनी व्यवस्था
विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४
विपद जोखिम न्युनीकरण राष्ट्रिय नीति, २०७५
राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६
वातावरण संरक्षण नीति, २०७६
वातावरण संरक्षण ऐन, २०७६
विपद जोखिम न्युनिकरण राष्ट्रिय रणनीतिक कार्ययोजना, (२०७५ – २०८७)
राप्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययीजना, २०१८-२०३०
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
सम्भावित शीतलहरी तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन, २०७७
विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९
स्वयंसेवक व्युरो गठन तथा परिचालन कार्यविधि, २०७८
विपद् जोखिमका लागि वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति, २०७८
बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३
विपद् लेखाजोखा मार्गदर्शन-२०७२
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९
खोज तथा उद्धार राष्ट्रिय रणनीतिक कार्ययोजना, २०७१
आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि, २०७८
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ पहिलो संशोधन, २०७६
राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा
(ग) संरचनागत तथा संस्थागत व्यवस्था
विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद
केन्द्रिय कार्यकारी समिति
विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण
प्रदेश विपद् व्यवस्थापन परिषद
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति
जिल्ला विपद् व्यवस्थापन समिति
स्थानीय विपद् व्यवस्थापन समिति
गृह मन्त्रालय
प्रदेशका सम्बन्धित मन्त्रालयहरु
स्थानीय तहहरु
सुरक्षा निकायहरु
रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु
विभिन्न निकायको भूमिका
(क) सुरक्षा निकाय
पुर्वचेतावनी दिने तथा समुदायलाई सजग बनाउने
विपद्को घटना भएको जानकारी हुनासाथ तत्काल परिचालित हुने र सम्बन्धित अधिकारीलाई जानकारी गराउने
आपत्कालीन खोज, उद्धार तथा राहत वितरण गर्ने कार्य प्रभावकारी रुपमा सम्पन्न गर्ने
तालिम तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने
(ख) वारुणयन्त्र तथा अन्य सेवा प्रदायक
स्थानीय विपद व्यवस्थापन समितिलाई तत्काल सूचना दिनुपर्ने
जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिको निर्देशन अनुरुप कार्य गर्ने
समितिको आदेश बमोजिम कुनै पनि स्थानमा प्रवेश गर्न र कुनै पनि व्यक्ति वा संस्थाको साधन र स्रोत उपयोग गर्ने अधिकार हुने
(ग) सार्वजनिक संस्था र व्यवसायिक प्रतिष्ठान
आफु कहाँ विपद सुरक्षा औजार, उपकरण, सामग्री, आपतकालीन निकास लगायतका व्यवस्था गर्ने
तथ्यांकन संकलन, क्षतिको मुल्यांकन, राहत, पुर्नस्थापना तथा पुननिर्माण समेतका काममा सम्बन्धित निकायलाई सहयोग गर्ने
आफ्ना कर्मचारी तथा कामदारलाई अभिमुखीकरण तालिम दिने
विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीलाई तयारी अवस्थामा राख्ने
विपद्को घटना घटेमा सुरक्षा निकाय र कार्यसञ्चालन केन्द्रलाई खबर गर्ने
(घ) सरकारी कार्यालय गैरसरकारी संस्था नागरिक समाज निजी संस्था व्यक्ति
तथ्यांकन संकलन, क्षतिको मुल्यांकन, राहत, पुर्नस्थापना तथा पुननिर्माण समेतका काममा सम्बन्धित निकायलाई सहयोग गर्ने
जनचेतना अभिवृद्धि गर्ने
क्षमता विकास, आपतकालीन नमुना अभ्यास तथा प्रशिक्षण कार्यक्रममा सहयोग गर्ने
खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कार्यमा सहयोग गर्ने
(ङ) निजामति कर्मचारी
विपद् भएको जानकारी हुनासाथ निजामती कर्मचारी आफ्नो पद तथा कार्य क्षेत्र अनुसार उद्दारका लागि सीघ्र तयार रहने ।
विपद् क्षेत्रमा उद्दार सामग्री र उद्दारकर्ता पुर्याउने तथा टोलीको समन्वय गर्ने ।
सही सूचना सीघ्र माध्यमबाट उपलब्ध गराउने र आवश्यक निकायमा सम्प्रेषण गर्ने ।
बचाउन सकिने मानिसको खोजी, उद्दार र सुरक्षा गर्ने ।
सामग्री जोगाउन प्रयास गर्ने ।
प्रकोपमा परेका मानिसलाई सुरक्षित स्थानतर्फ लैजान प्रयास र सहयोग गर्ने ।
मानिसमा विपदले पारेको प्रभावको मूल्यांकन गर्ने र प्रभावित नागरिकलाई तत्काल अत्यावश्यक सहयोग गर्ने । जस्तै, पानी, खाना र औषधि उपचार
प्रभावितलाई पूर्ववत अवस्थामा फर्काउन सल्लाह, परामर्श र हौसला प्रदान गर्ने ।
पुनस्र्थापना योजना बनाई कार्यान्वयन गर्न कर्मचारी विज्ञताको उपयोग गर्ने ।
राजनीतिक दल, संघसंस्था, क्लबसँग समन्वय गर्ने र सबैलाई उद्दार र व्यवस्थापनमा केन्द्रित गर्ने ।
नोक्सान भएका भौतिक संरचना तथा सम्पूर्ण पक्षको लागत लिने ।
बिग्रिएका सम्पूर्ण सेवा पुनः संचालन गर्ने ।
घर, स्वास्थ्य चौकी, अस्पताल, विद्युत, पुललगायत पूर्वाधार निर्माणमा सहयोग गर्ने ।
विपद्का कारण मानिसमा पर्न सक्ने शारीरिक, मानसिक र प्राकृतिक पीडा कम गर्न मनोपरामर्शका कक्षा संचालन गर्ने ।
विपद् आउन सक्ने क्षेत्र आँकलन गरी क्षति कम गर्ने योजना बनाउने ।
जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने ।
उद्दार सामग्रीको व्यवस्थापन गर्ने ।
आम नागरिकमा बाढीपहिरो, भूकम्प आगलागी जस्ता विपद्को सामना गर्न सक्ने प्राविधिक क्षमता बढाउने ।
पूर्व सूचना दिने संयन्त्रको भरपर्दो विकास गर्ने ।
विपद् सम्भावित र संवेदनशील क्षेत्रमा विशेष निगरानी राख्ने
निष्कर्ष
व्यवस्थित पुर्वतयारी, विपदमैत्री संरचनाको निर्माण, सम्बन्धित निकायहरु बिच समन्वय कायम, स्रोत, साधनको व्यवस्थापन, समसामयिक नीति र कानूनको निर्माण, दक्ष मानव संसाधनको व्यवस्थापन लगायतका उपायहरुको माध्यमद्वारा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्दछ ।