कांग्रेस प्रतिष्ठानको बैठक आज दिउँसो १ बजे


काठमाडौँ । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बस्ने भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश दिउँसो १ बजे सारिएको हो।

बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै प्रतिष्ठानले तयार पारेको प्रस्तावित आन्तरिक आचारसंहितामाथि विस्तृत छलफल गरिनेछ।

यसका अतिरिक्त थप उपसमिति गठन, जिम्मेवारी निर्धारण तथा मुलुकको समसामयिक राजनीतिक अवस्था र साङ्गठनिक विषयमा समेत छलफल हुने जनाइएको छ।

२०८३ जेष्ठ २७, बुधबार १०:२९ प्रकाशित
ट्रेन्डिङ समाचार