काठमाडौं: सरकारले निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे सेवाअवधि पुरा गरी मंगलबारदेखि सेवानिवृत्त हुनुहुनेछ । सुमनराज अर्याललाई बुधबारदेखि लागू हुने गरी मुख्य सचिवमा नियुक्त गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।
२०८२ मंसिर ८, सोमबार १५:५४ प्रकाशित
