काठमाडौं । समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरिएको छ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज एक सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो।
तोकिएको समयमा ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
ऋणीहरुलाई सावाँ र ब्याज तिर्न यसअघि भनिए पनि सम्पर्कमा नआएको भन्दै समितिले आज सूचना जारी गरेको हो।
२०८२ श्रावण ९, शुक्रबार १०:२३ प्रकाशित
