आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ थियो ।
२०८२ श्रावण ४, आईतवार १२:१० प्रकाशित
