आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई कालोमोसो


काठमडौं
जिउँदै मानिसलाई इँटाभट्टामा पोलेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुसीराम थारूलाई कालोमोसो दलिएको छ।

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न ।रहेको भन्दै उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई कालोामोसो दलिदिएका हुन् ।
नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाउँदै मोसो दलिदिएका हुन् ।
आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।

२०८२ जेष्ठ २९, बिहीबार १८:११ प्रकाशित
ट्रेन्डिङ समाचार